back
NMB ad

आईपीओ निष्काशन गर्न ६ कम्पनीलाई बोर्डले दियो अनुमति, कुनको कति कित्ता आउँदै ?

Kumari bank ad

काठमाडौं । आधा दर्जन कम्पनीहरुले आईपीओ निष्काशनका लागि अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्नका लागि तीन माइक्रोफाइनान्ससहित ६ कम्पनीलाई अनुमति दिएको हो ।

बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हाजर रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतका लागि ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

माघ ९ गते नै ग्रीन भेन्चरसले ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ । अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतका लागि ६२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

यस्तै, नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि माघ ९ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरि बोर्डले जाल्पा सामुदायिक लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ र राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमित दिएको छ । यी दुवै कम्पनीको बिक्री प्रबन्धकमा क्रमशः प्रभु क्यापिटल र एआईबिएल एस क्यापिटल रहेका छन् ।

बोर्डले इमर्जिङ नेपाललाई पनि आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन लागि माघ ९ गते अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार ११:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...