back
NMB ad

आकर्षक र बलियो इलेक्ट्रिक स्कुटर ‘लेभनीङ एक्सवान’, यस्तो छ मूल्य र फिचर

Kumari bank ad

काठमाडौं । नेपालमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरप्रति बढ्दो आकर्षण रहेको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धि लगायतले पनि इलेक्ट्रिक स्कुटरप्रति उपभोक्ता आकर्षित भइरहेका छन् । महिला तथा पुरुष दुबैका लागि उपयुक्त मानिने, चलाउन सजिलो, समान राख्न मिल्ने हुँदा स्कुटरका ग्राहक बढेका छन् ।

व्यवसायीक र निजी प्रयोजनमा इलेक्ट्रिक स्कुटर ग्राहकको रोजाईमा पर्न गएको छ । इलेक्ट्रिक स्कुटरको बढ्दो माग र आकर्षणलाई परिपूर्ति गर्नका लागि नेपाली बजारमा जम्बो इको भेहिकल प्रालिले विभिन्न मोडेलमा उलपब्ध गराउँदै आएको छ ।

जम्बो इको भेहिकल नेपालका लागि लेभनीङ ब्राण्डको आधिकारिक वितरक हो । लेभनीङको नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्यको एक हो ‘एक्सवान’ स्कुटर । यसमा २.०२ किलोवाटको बोस मोटर जडान गरिएको छ । यसमा कन्भर्सन इफेन्सी र लङ्ग लाइफ वर्किङ क्यापासिटी, हाई स्लोप एविलिटी छ ।

यो स्कुटरमा लिथिएम आयन पोलिमार ईसात सिरिजको पछिल्लो टेक्नोलोजीको ३ घण्टा मा फुल चार्ज गर्न सकिने सामसङ ब्याट्री जडान गरिएको छ । यी स्कुटरमा डुअल ब्याट्री अप्सन रहेकाले १६० किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । यसको ब्याट्री ६०भी २६ एच तथा १ हजार५६० वाट आवर रहेको छ । जसले एक पटकको फुल चार्जमा ७५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्दछ । यसको ब्याट्र फुल चार्ज हुन ६ घण्टा लाग्दछ ।

यस्को मूल्य नेपालमा २ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसको दुवै पाङ्ग्रामा ट्यूबलेस टायर छ । सुरक्षाका तवरले दुवै टायरमा डिस्क ब्रेक पनि रहेको छ । यसको ग्राउण्ड क्लियरेन्सको १५० एमएम रहेको छ ।यो पिच गरिएको सडकहरुमा राम्रो प्रदशर्न गर्दछ ।

स्कुटरको फिचरको कुरा गर्दा इलइडी हेडलाईट, रियर एण्ड फ्रन्ट डिक्स ब्रेक, आईपी ६५ वाटरफ्रुफिङ, ब्ल्युटुथ, कि लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम, फेलुअर इन्डिकेसन सिस्टम (स्कुुटरको मोटर, ब्रेक र स्पीड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ) लगायतका अत्याधुनिक विशेषता छन् ।

वि.सं.२०७८ माघ १० सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...