back
NMB ad

आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ३०.२४ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६करोड २४ लाख १४ हजार रुपैयाँ कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८ करोड ८२ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको पुस मसान्तमा भने १३ करोड २६ लाख ५८ हजार रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्षको दोस्रो त्रैमासमा ६ करोड ७ लाख ९६ हजार रुपैयाँ रहेको संचालन मुनाफा यस वर्षको सोही अवधिमा भने बढेर ६ करोड ३२ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १९ करोड १० लाख ४५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा भने घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.८२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर ३.९० प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ११ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...