back
NMB ad

मार्जिन व्यवस्था परिर्वतनको प्रभावः एक महिनामै करिब २ अर्बको आयात घट्दा अर्ब बढीले खुम्चियो राजस्व

Kumari bank ad

काठमाडौँ । राष्ट्र बैंकले आयातमा मार्जिन व्यवस्था परिमार्जन गर्दा १ अर्ब १५ करोड रुपैयाँ बराबरको राजस्व गुमेको छ ।

राष्ट्र बैंकले पुसको पहिलो हप्ता विभिन्न वस्तुको आयातमा सत तथा पचास प्रतिशत नगद लाभांश अनिवार्य गर्दा आयातमा कम हुन गई सोही बराबरको रकम गुमेको हो ।

राष्ट्र बैंकले ऋणको धेरै हिस्सा रकम आयातमा प्रयोग हुँदा तरलतामा समस्या भएको भन्दै आयातमा कडाई हो । जसअनुसार १८ प्रकारका वस्तुको आयातमा सत प्रतिशत नगद मार्जिन र दुई प्रकारका वस्तुमा ५० प्रतिशत नगद मार्जिन अनिवार्य गराएको छ ।

मार्जिन व्यवस्थामा परिर्वतन गरेपनि कतिपय वस्तुको आयातमा वृद्धि कायमै रहेको छ । यद्यपी प्राय वस्तुहरुको आयातमा भने यो व्यवस्थाको सकरात्मक प्रतिफल स्वरुप गिरावट आयको देखिन्छ ।

आयातमा कडाई गरिएपनि मेटल तथा काठका फर्निचरहरु, काठका सामाग्रीहरु, ल्वाङ, बोतल, सूतिजन्य पर्दाथ तथा अल्कोहलको आयातमा भने गिरावट आएको छैन । यता ईट्टा, बेसिन तथा जुता चप्पलहरुको आयातमा भने उच्च गिरावट आएको छ ।

आयातको तुलनात्मक अवस्थाः
भन्सार विभागको तथ्यांक अनुसार कडाई गरिएका वस्तुहरुको आयात मंसिरमा मात्रै १२ अर्ब ६० करोड २९ लाख रुपैयाँ बराबर भएको थियो ।

मार्जिन व्यवस्था परिर्वतन भएसँगै पुस महिनामा यी वस्तुहरुको आयात मात्रै १० अर्ब ६९ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ । जुन मंसिरको तुलनामा १ अर्ब ९० करोड ५७ लाख कमको आयात हो ।

हेरौँ कडाई गरियका वस्तुको मंसिर र पुसको आयात अवस्था (रकम रु हजारमा)

यसो त वार्षिक विन्दुगत आधारमा भने यी बीस शिर्षकका वस्तुको आयातमा वृद्धि भएको छ । समिक्षा अवधिमा ३० अर्ब रुपैयाँ बराबरको आयात वृद्धि गरिएको छ ।

अर्थात अघिल्लो आर्थिक वर्ष (०७७–७८)को पुस सम्ममा आउँदा सोही वस्तुहको आयात ५७ अर्ब ३४ करोड रुपैयाँको आयात गरिएकोमा चालु आर्थिक वर्षको पुससम्म आउँदा ८७ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात गरिएको छ । यो अवधिमा सवारी साधनको आयत उच्च भएको देखिन्छ ।

यस्तो छ वार्षिक विन्दूगत आयात रकमको अवस्था (रकम रु.हजारमा)

राजस्व संकलनको तुलनात्मक अवस्थाः
आयात घटेसँगै राजस्वमा पनि गिरावट आएको छ । आयातमा कडाई गरेका वस्तुहरुबाट आउने राजस्व एक महिनामै करिब सवा अर्बले घटेको हो ।

अर्थात मंसिरमा यी वस्तुहरुको आयातकर्ताले सरकारलाई ९ अर्ब १७ करोड ९६ लाख रुपैयाँ राजस्व बुझाएका थिए । तर पुस महिनामा यी वस्तुको आयातकर्ताहरुले मात्रै ८ अर्ब ३ करोड ५१ लाख रुपैयाँ राजस्व बुझाएको भन्सार विभागले जनाएको छ । यो मंसिरको तुलनामा १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ कम हो ।

मंसिरको तुलनामा राजस्व संकलनको अवस्था(रकम रु.हजारमा)


वार्षिक विन्दूगत आधारमा हेर्दा भने राजस्व बढेको छ । यी वस्तुहरुको आयातबाट गत आर्थिक वर्षको पुससम्म ४७ अर्ब ७९ करोड ६८ लाख राजस्व संकलन भएको छ । यो चालु आर्थिक वर्षको सोही वस्तुको आयातबाट भएको राजस्व भन्दा १६ अर्ब ६३ करोड ९६ लाख बढी हो । अर्थात चालु आर्थिक वर्षको पुससम्म उक्त वस्तु तथा सेवाको आयातमार्फत ६४ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ बराबरको आयात भएको हो ।

एक वर्षमा राजस्व संकलनको अवस्था (रकम रु. हजारमा)

भन्सार विभागका अनुसार पछिल्लो ६ महिनामा ९ खर्ब ९९अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ५१.१३ प्रतिशतले बढी हो ।

 

वि.सं.२०७८ माघ ११ मंगलवार १७:१५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...