back
NMB ad

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानीमा भने गिरावट (विवरणसहित)

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ७.६६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ९८ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको यो मुनाफा यस वर्षको सोही अवधिमा भने १ अर्ब ६ करोड २० लाख ८९ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो । उक्त अवधिमा बैंक निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १७.३७ प्रतिशत र १९.५४ प्रतिशतले बढेको हो ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ७ अर्ब ३९ करोड ८३ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा पनि १.४१ प्रतिशतले घटाएर ०.७२ प्रतिशतमा झारेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानीमा गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम १२ रुपैयाँ २३ पैसा रहेको यो आम्दानी यस वर्षको सोही अवधिमा भने ११ रुपैयाँ ४७ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ५ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १२ बुधवार १०:३९ मा प्रकाशित

You can share this post!

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...