back
NMB ad

बजाजको नयाँ सर्भिस सेन्टर अब गुसिङगाल, कुपण्डोलमा

Kumari bank ad

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ सर्भिसिङ सेन्टर “गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर” सञ्चालन गरेको छ ।

कम्पनीले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न उक्त सर्भिसिङ सेन्टर खोलेको हो ।

नेपालमा सबभैन्दा अधिक बिक्रि हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यलेगुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गारिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रिलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको छ ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिका जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । हामीले आशा गरेका छौँ कि यो नयाँ सर्भिसिङ सेन्टरसँगैयसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन्।”

वि.सं.२०७८ माघ १२ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...