back
NMB ad

लघु वित्त विकास बैंकद्वारा २० बालबालिकालाई छात्रवृत्ति वितरण !

Kumari bank ad

काभ्रे । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड शाखा कार्यालय पनौतीको तेश्रो केन्द्रीय भेलामा उत्कृष्ट हुन सफल दश केन्द्रका २० जना बालिकालाई छात्रवृत्ति वितरण गरिएकोछ ।

बैंकका वरिष्ठ प्रबन्धक मनोज कृष्ण उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उनले बैंकले भविष्यमा यस्ता कार्यक्रमहरुलाई अझ बढाउँदै लैजाने जानकारी दिएका थिए । बैंकका शाखा प्रबन्धक शुशिल पौडेलले कार्यक्रमको उद्घेश्य माथि प्रकाश पार्नुका साथै लघुवित्तबाट सदस्यले लिन सक्ने फाइदा तथा कर्जाको दुरुपयोग बाट पर्न सक्ने नकारात्मक प्रभावका बारेमा प्रष्ट पारेका थिए ।

लघुवित्तले चर्को ब्याज असुली रहेको आरोप मिडीयामा आईरहंदा स्वरोजगार लघुवित्त विकास बैंकले सामाजिक कार्यलाई पनि पहिलो प्राथमिकतामा राख्दै केहि वर्ष यता देखि यस्तै कार्यक्रमहरु हरेक शाखामा गर्दै आईरहेको छ । १० जिल्ला कार्य क्षेत्र लिएर बैंकिङ्ग कार्यक्रमलाई अगाडि बढाईरहेको यस संस्थाले सामाजिक तथा सदस्यको क्षमता अभिवृद्घिको लागि विभिन्न किसिमका तालिमहरु जस्तै सिलाइ कटाइ, कुशन , साबुन बनाउने , मैनबत्ति बनाउने , कृषि तथा पशुपालन संम्बन्धि विभिन्न तालिमहरु उपलब्ध गराउनुका साथै वित्तिय साक्षरता संम्वन्धि तालिम पनि उपलब्ध गराएको छ ।

हाल यस संस्थाले देशका विभिन्न १० जिल्लाहरुका १७ वटा शाखा कार्यालय मार्फत करिव २३ हजार सदस्यहरुलाइ प्रत्यक्ष बैंकिङ्ग सेवा उपलब्ध गराउंदै आई रहेको छ ।
२४ असार २०७३, २।१५

वि.सं.२०७३ असार २४ शुक्रवार १४:४२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...