back
NMB ad

आड्जोनद्वारा संचालित पत्रकार एलबीको राहत अभियानमा देउराली फाउण्डेशनको सहयोग

Kumari bank ad

काठमाडौं । पत्रकार स्वर्गीय एलबी विश्वकर्माको परिवारको लागि क्रियाशिल दलित पत्रकार संघ नेपाल(आड्जोन)आड्जोन द्वारा संचालित  राहत अभियानमा देउराली फाउन्डेशन (रेडियो हिमालय) ले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेसनको तर्फबाट प्रवन्ध निर्देशक भिम घिमिरे(बिक)ले शुक्रबार आड्जोनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार एलबीको निधनलगत्तै आड्जोनले उक्त राहत अभियान सञ्चालन गरेको थियो ।

फाउण्डेशनसँगै लुम्बीनि फेसन इन्ड्रस्टीका राजेन्द्र विश्वकर्माले ३ हजार, पब्लिक न्यूज नेटवर्कले दुई हजार पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण गर्दै निर्देशक घिमिरेले फाउण्डेसनले पत्रकारिता क्षेत्रमा लगानी गर्दै आएको र अप्ठ्यारोमा परेका उत्पीडित समुदायलाइसमेत निरन्तर राहत रकम हस्तान्तरण गरेको बताए । उनले एलबीको परिवारको राहत अभियानमा सकेको सहयोग गर्न पनि अपिल गरे ।

आड्जोनका केन्द्रिय सदस्य २६ वर्षिय पत्रकार एलबीको उपचारको क्रममा गत माघ ६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा निधन भएको थियो । उनको २१ वर्षिय श्रीमति र पाँच वर्षीय छोरा रहेका छन् । पत्रकार एलवीको परिवारको लागि दिर्घकालिन रुपमा सहज होस भनि राहत अभियान शुरु गरेको बताउँदै आड्जोनकी अध्यक्ष पवित्रा सुनारले सहयोग गर्नको लागि अपिल गरिन् । आड्जोनले संकलन भएको राहत रकम अक्षकोष बनाइ परिवारलाई हस्तान्तरण गर्ने बताएको छ ।

वि.सं.२०७८ माघ १४ शुक्रवार १७:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...