back
NMB ad

नेपाल लाईफ इन्स्योरेन्सद्धारा बोनशदर घोषणा, कुन पोलिसीमा कति पाउँछन् बिमित ?

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको वित्तिय आधारमा बिमीतको लागि बोनशदर घोषणा गरेको छ । कम्पनीले आज आव २०७६।७७ को वित्तीइ विवरणबाट नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएसँगै कम्पनीले न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ८२ रुपैयाँ बोनसदर (प्रति वर्ष प्रति हजार) दिने घोषणा गरेको छ ।

यस्तो छ सार्वजनीक बोनसदरः

सावधिक जीवन बीमाः
यो बीमालेखअन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी बीमा योजनाहरु रहेका छन् । यी बीमा लेखमा शून्य देखि १० वर्षको अवधि, ११ देखि १५ वर्ष अवधि र १६ देखि २० वर्ष अवधिको लागि ६० रुपैयाँ प्रतिहजारमा बोनश दिने घोषणा गरेको छ । त्यसैगरी २१ देखि २५ वर्ष अवधिको बीमालेखमा ७०, २६ वर्ष देखि ३० वर्ष अवधिको बीमालेखमा र तीस वर्ष भन्दा माथि अवधि भएको बीमालेखमा ८२ रुपैयाँ बोनश दिने छ ।

त्यस्तै सवाधिक तथा आजीवन (जीवन साहारा)

शून्य देखि १० वर्षको अवधि, ११ देखि १५ वर्ष अवधि र १६ देखि २० वर्ष अवधिको लागि ६० रुपैयाँ प्रतिहजारमा बोनश दिने घोषणा गरेको छ । त्यसैगरी २१ देखि २५ वर्ष अवधिको बीमालेखमा ७०, २६ वर्ष देखि ३० वर्ष अवधिको बीमालेखमा र तीस वर्ष भन्दा माथि अवधि भएको बीमालेखमा ८२ रुपैयाँ बोनश दिने छ ।

यो पोलिसीमा कम्पनीले न्यूनतम २० वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ प्रति वर्ष प्रतिहजार, २१ देखि २५ वर्षका बीमा पोलिसीहरुले ७० रुपैयाँ र २६ वर्ष सो भन्दा बढि अवधीमा बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, अग्रिम भुक्तानी नामक जीवन समृद्धि बीमा योजनाले न्यूनतम ५६ रुपैयाँ १५ वर्षे अवधीका लागि र ५८ रुपैयाँ २० वर्षे अवधीका लागि बोनस दिने जनाएको छ ।

अग्रिम भुक्तानी सावधिक

यो बीमालेख अन्तर्गत धनवर्षा, नौलो जीवन समृद्धि, नौलो धनवर्षा जीवन उन्नती, जीवन शान्ति र छोराछोरी तथा सदाबहार बीमा पलिसी पर्दछन
यसमा सबै वर्ष समुहका बीमा पोलिसीहरुका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।

वि.सं.२०७८ माघ १६ आइतवार ०९:४० मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...