back
NMB ad

पुरानो इन्जिन नयाँ बनाउने एक मात्र अन्तर्राष्ट्रिय ‘नानो प्रविधि’, यस्ता छन् नानो इनजाइजरको फाइदाहरु

Kumari bank ad

काठमाडौं । नानो प्रविधि विश्वकै अद्धितीय र आमुल परिवर्तनकारी प्रविधि हो । यो नानो इनजाइजर पुर्णतया नानो सरम्याट हो ।

सरम्याट सेरामिकले बनेको उच्चताप प्रतिरोधक, अति बलियो संरचना भएको वस्तु हो । यसको नेपाली बजारमा रिसर्च एण्ड ट्रेडिङ्ग कम्पनी प्रालिले बिक्री वितरण गर्दै आएको छ ।

यसलाई सेरामिक र मेटालिक प्रविधिबाट तयार पारिन्छ । प्लेटिनम कोटिङ्ग भएको जर्कोनियम पाउडर मिनिरल आयलमा मिसाएर २० नानो मिटरको सेरामिक लेयर बन्दछ ।

प्लेटिनम स्टिल भन्दा २० गुणा कडा र ६ गुणा चिल्लो हुन्छ , जसको नानो कणहरु इन्जिन भित्रको घर्षण हुने सतह र चलायमान सबै स्थानहरुमा कोटिङ्ग, भएर कडा र चिल्लो तह सिर्जना गर्छ । यसको प्रयोगले इन्जिनलाई शुरुकै अवस्थामा पुराउन र यथास्थितिमा सुरक्षित राख्छ । परिणामत इन्जिन चिल्लो, शान्त हुनु नयाँमा जस्तैः पावर र अझ राम्रो माइलेज दिन्छ ।

आज हामी नानो इनजाइजर र यसको फाइदाहरु तथा प्रयोगका बारेमा बारेमा विस्तृत जानकारी दिने कोशिस गरेका छौ ।

नानो ईनजाईजर के हो ?

नानो इनजाइजर यस्तो उत्पादन हो जसलाई लुब्रिकेन्ट प्रयोग गरिने कुनै पनि इन्जिन, गियरबक्स र मेकानिकल मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यो अत्याधुनिक नानो प्रविधिबाट तयार पारिएको नवीनतम उत्पादन हो, यसको प्रयोगबाट इन्जिनलाई सजिलैसँग शुरुकै अवस्थामा पुराउन, मर्मत गर्न र सुरक्षित राख्न सकिन्छ ।

नानो इनजाइजरको १२ फाइदाहरु :

१. ८ देखी २१ प्रतिशतसम्म इन्धनको किफायत (आइडियल मोडमा ४० प्रतिशतसम्म)
२. इन्जिनको आयु बढाँउछ ।
३. डिजेल, पेट्रोल, ग्याँस सहित पेट्रोलियम पदार्थबाट चल्ने जुनसुकै इन्जिनमा राख्न सकिन्छ ।
४. इन्जिनको हर्षपावर बढाउँछ ।
५. वातावरण मैत्री छ । धँुवा कम गर्छ ।
६. सवारी साधनहरुमा राख्दा ३०,००० किमिसम्म प्रभावकारी हुन्छ ।
७. घर्षण हुने सतह पुनः स्थापना गर्छ र क्षति हुनवाट बचाउँछ ।
८. इन्जिनको आवाज तथा भाइब्रेसनमा कमी हुन्छ
९. स्टेरिङ्ग बक्स आयलमा राख्न सकिन्छ ।
१०. आयल प्रेसर, ज्वलनशीलतामा विकास हुन्छ ।
११. गियर बक्स आयलमा पनि राख्न सकिन्छ ।
१२. मर्सिडिज, औडी, हुण्डाई, किया, जिएम, टोयोटा जस्ता विश्वप्रसिद्ध गाडी कम्पनीहरुबाट प्रयोग गर्न स्वीकृती दिएको छ ।

इन्जिनमा नानो ईनर्जाइजर कसरी हाल्ने ?

१. इन्जिनलाई स्टार्ट गरेर ५ मिनेट जति तताउने ।
२. नानो इनजाइजरको पहुच राम्रो सँग हल्लाएर घोल्ने र लुब्रिकेन्ट ट्यांकमा हाल्ने ।
३. एक पटक ३० मिलीको एक पाउच सानो इन्जिनमा र हेभी इक्वीपमेन्टमा दुई पाउच राखेपछि १५ हजार किमि अर्थात १ बर्षसम्मको लागि काम गर्छ ।
४. इन्जिनको ताप र चापबाट कणहरु कोटिङ हुने प्रकिृया स्वचालित रुपमा पुरा हुन्छ ।

नानो ईनर्जाइजर डोज : 

नानो ईनर्जाइजर (स्मालर इन्जिन) : ६०० सिसी भन्दाकमको जुनसुकै खालको दुई पांग्रे, तीन पांग्रे सवारी साधन, जेनेरेटर, लिफ्ट तथा घर्षण पैदा हुने सबै खालकायान्त्रिक मेसिनहरुमा १ पाउच राख्नुपर्छ ।

नानो ईनर्जाइजर (अल इन ओन टाइप) : ४ देखि १० लिटर लुब्रिकेटिङ्ग आयल लाग्ने डिजेल, पेट्रोल, सिएनजिबाट चल्ने जुनसुकै खालको सवारी साधनको लागि १ पाउच । १० देखि २५ लिटर लुब्रिकेटिङ्ग आयल लाग्ने ठुला खालको गाडीहरुमा दुई पाउच राख्नुपर्छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १०:४६ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...