back
NMB ad

४९.२२ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले ५ करोड ५६ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ४९.२२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले १४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत गत वर्षको पुस मसान्तसम्मको तुलनामा ५४.९७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ६४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा भने ९५.८० प्रतिशत वृद्धि भई ८ करोड ८३ लाख १२ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीको यो मुनाफा ४ करोड २२ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २४ करोड ५१ लाख १३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा भने घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिसम्ममा भने घटाएर २.५९ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...