back
NMB ad

मनकामना स्मार्ट लघुवित्तको नाफा १ करोड ३ लाख बढी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार उक्त अवधिमा कम्पनीले १ करोड ३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ४७.३२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १३.९५ प्रतिशतले वृद्धि भई ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ३ करोड ४९ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको संचालन मुनाफा २५ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो मुनाफा ५२ करोड ३५ लाख १९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २ करोड ८१ लाख ५० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ३.७९ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ४.९७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...