back
NMB ad

आईपीओ निष्काशनको तयारीमा रहेको धौलागिरी लघुवित्तको नाफा ४९३% ले बढ्यो, सबै सूचकहरुमा सुधार

Kumari bank ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीले चालु आवको उक्त अवधिमा २ करोड १५ लाख ९ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ४९३.१८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ लाख २६ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३०.६० प्रतिशतले वृद्धि भई ५ करोड १६ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको समिक्षा अवधिमा कम्पनीको यो आम्दानी ३ करोड ९५ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनको अवधिमा कम्पनीले संचालन मुनाफामा पनि उल्लेखीय सुधार गरेको देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा २ करोड ८६ लदाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १ करोड ८८ लाख ३८ हजार रुपैयाँ संचालन मुनाफा गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १० करोड ५३ लाख १२ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि २.५१ प्रतिशतले घटाएर ३.७५ प्रतिशतमा झारेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको खराब कर्जा ६.२६ प्रतिशत रहेको थियो ।

कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्काशनको तयारीमा रहिेको छ । आईपीओ निष्काश तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १४:११ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...