back
NMB ad

एफ्एनसिसिआइ भित्र विवाद : भ्रष्टाचारको मुद्धामा मुरारकाको बचाउमा लागेको भन्दै नेतृत्वको आलोचना

Kumari bank ad

काठामाडौं । भ्रष्टाचार जस्तो गम्भीर मुद्दाको समर्थनमा महासंघ नेतृत्व देखिँएपछि पछिल्लो समयमा नेपाल उद्योग बाणिज्य महासंघभित्र चरम विवाद उत्पन्न भएको छ ।

महासंघका पूर्वअध्यक्षसहित कार्यसमिति सदस्यसमेत तोकिएको भन्दा बढी चुनढुङ्गा उत्खननको आरोपमा भ्रस्टाचारको मुद्दामा परेपछी महासंघले केही दिन अगाडी विज्ञप्ति जारी गरी आफ्ना पुर्व अध्यक्षहरुरको बचाउ गरेको थियो ।

सो विज्ञप्ति जारी गरी महासंघले भ्रष्टाचार जस्तो कामलाई समर्थन गरेको र यसले सस्थाको मानमर्दन भएको भन्दै महासंघभित्र विवाद भएको हो । त्यस्तै भ्रष्टाचार मुद्दा लागेकाहरुले तुरुन्त राजिनामा गर्नुपर्ने आवाज महासंघभित्र बुलन्द भइरहेको छ ।

महासंघका पुर्व उपाध्यक्ष किशोर प्रधानका अनुसार पछिल्लो समय नेपालका व्यावसायीक संघसंस्थाका नेतृत्वहरु व्यावसायीक हकहितभन्दा पनि कालोधनलाई शुद्धिकरण गरेर त्यसलाई कसरी देशभन्दा बाहिर लैजाने भन्ने विषयमा तल्लिन भएको आरोप लगाउछन्।

उनका अनुसार नैतिकता छ भने अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै महासंघको पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका र कार्यसमिति सदस्य प्रवलजंग पाण्डेले तत्काल राजिनामा दिनुपर्दछ । नैतिकता भन्ने कुरा आफूले जान्न पर्ने कुरा हो । तर पुर्व अध्यक्ष मुरारका आफूलाई बचाउनका लागि महासंंघको साहारा लिइरहेका छन् ।

अख्तियारले निजी क्षेत्रको व्यापार व्यवसायमा प्रबेश गरेको नभएर राज्यको सम्पत्ति दोहन गरेर राजस्व नतिरी सरकारी सम्पती हिनामिना गरेको आरोप सरकारी अधिकारी र व्यवसायीहरु माथि लगाएको महासंघ भित्रका अन्य सदस्हरुको रहेको छ ।

मुरारकाकै कारण गोल्छा अध्यक्ष भएको भन्दै मुरारकाले आफूलाई बचाउनका लागि महासंघको प्रयोग गरेको र यस्तो काम तत्काल बन्द गर्नुपर्ने महासंघका अन्य व्यवसायीहरुको रहेको छ ।

महासंघभित्र शुद्धिकरणको नारा लिएर अध्यक्ष भएका शेखर गोल्छाकै पालामा इतिहासमै पहिलो पटक पुस मसान्तसम्ममा हिसावकिताव पेश गर्न नसकेर जरिवाना तिर्नुपरेको थियो ।

गोल्छाले गरेको अडिटमा शंका उत्पन्न गर्दै महासंघका संचालक समितिले अडिट रिपोर्ट समेत पास गरेका थिएनन् । समयमा नै रिपोर्ट नबुझाएपछि सोही आधारमा सरकारलाई महासंघले जरिवाना समेत तिराएको थियो ।

महासंघका वरिष्ठ पूर्व उपाध्यक्ष भास्करराज राजकर्णिकार पनि महासंघले पछिल्लो समयमा गर्दै आएको कामप्रति असन्तुष्ट रहेका छन् ।

उनका अनुसार मुरारकाको दवाबमा परेर महासंघले विज्ञप्ति जारी गर्नु ठिक होइन । “यस्तो बेलामा त राज्यका न्यायिक एवं छानविन गर्ने निकायहरुले सत्यतथ्यसहित अन्याय नपर्ने गरेर छानबिन गरेर छिनोफानो गरोस भनेर महासंघले भन्नुपर्दथ्यो”, उनले भने । महासंघले आफ्नो अस्तित्व गुमाएर अरूको ‘टेको’ खोज्न थालेको पुर्व उपाध्यक्ष कर्णिकारले भने ।

वि.सं.२०७८ माघ २० बिहीवार ११:५४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...