back
NMB ad

९६.१९ % ले बढ्यो नेपाल हाइड्रो डेभलोपरको नाफा : प्रतिसेयर आम्दानी पनि वृद्धि, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ३१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ ।

शुक्रबार कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको नाफा गत वर्षको पुस मसान्तको तुलनामा भने ९६.१९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड १८ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसंगै नाफा वृद्धिमा टेवा पुगेको हो । चालु आवको ६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि वृद्धि भएको छ ।

उक्त अवधिमा कम्पनीले ५ करोड ४९ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २६.६७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ३३ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ करोड ३२ लाख ९१ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ४ पैसाले वृद्धि भई १४ रुपैयाँ ४८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १२:३७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...