back
NMB ad

बालबालिका अमेरिका तस्करी गर्ने रजनीविरुद्ध प्रहरीले अनुसन्धान गर्दै

Kumari bank ad

काठमाडौं । नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो ।

अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलाई पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो । अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताए । विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन् । फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए ।

महानिर्देशक न्यौपानेले बालबालिका तस्करीको गम्भीर उद्देश्य देखिएकाले अमेरिकी अध्यागमनले पत्र पठाएरै अनुसन्धान अनुरोध गरेको जनाए । ‘केस गम्भीर देखिएकाले हामीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइसकेका छौं । हनुमानढोका प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ यो मुद्दालाई अहिले महानगरीय प्रहरी परिसर हनुमान ढोकाले अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार ११:५५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...