back
NMB ad

तरलताको चरम संकट, बाणिज्य बैंकले बन्द गरे ऋण दिन

Kumari bank ad

काठमाडौं । बाणिज्य बैंकहरुले कर्जा दिन बन्द गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक हप्तामा २७ वटा बाणिज्य बैंकहरुले जम्मा १ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् ।

तरलता अभावका कारण बंैकहरुको सिडि रेसियो ९०.२७ पुगेको छ । नेपाल राष्ट्र बैंकले २०८९ असार मसान्तभित्र सिडि रेसियो ९० प्रतिशत भित्र नै राख्नुपर्ने प्रावधान राखेको छ । जसका कारण बाणिज्य बैंकहरु थप कर्जा प्रबाह गर्न सकिरहेका छैनन् ।

गत साता निक्षेप भने ४ अर्ब रुपैयाँले बढेको छ । तर माघ महिनाको २१ दिनमा बाणिज्य बैंकहरुबाट १३ अर्ब रुपैयाँ बराबरको निक्षेप घटेको छ। गत पुस मसान्तसम्ममा बाणिज्य बैंकहरुसँग ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ २१ गतेसम्म आइपुग्दा सो रकम घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँ भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघको पहिलो साता बाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप गुमाएका थिए भने दोस्रो साता ३ अर्ब गुमाएका थिए ।

२१ दिनको अवधिमा बाणिज्य बैंकहरुले जम्मा ६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह गरेका छन् । महिनाको पहिलो हप्ता बाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह गरेका थिए भने दोस्रो हप्ता ४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

तरलता अभाव चर्किदै गएपछि बैंकहरुले नियामकीय प्रावधानहरुका लागि चाहिने तरलता राख्नका लागि कर्जा प्रबाह रोकेका हुन् । चालु आर्थिक वर्षभरी भने बाणिज्य बैंकहरुले कुल ४ खर्ब २८ अर्ब रुपैयाँले ऋण प्रबाह गरेका छन् भने निक्षेप ११० अर्बले बढाएका छन् ।

 

वि.सं.२०७८ माघ २४ सोमवार १८:१२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...