काठमाडौँ । प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्षमा दोस्रो त्रैमासको नाफामा गिरावट आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको नाफाको तुलनामा यो आर्थिक वर्षको नाफा १६.७२ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा १८ करोड ६९ लाख २२ हजार नाफा कमाएको प्रिमियरले यो आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै १३ करोड ५६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ३ करोड साढे १२ लाख रुपैयाँ कम हो ।
नाफामा सामान्य गिरावट देखिएपनि बीमाशूल्क आर्जनमा भने सकरात्मक प्रगति भएको छ ।
कम्पनीले समिक्षा अवधिमा १ अर्ब १० करोड ६१ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । जवकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १८ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै कम्पनीले कुल दाबी भुक्तानीमा पनि वृद्धि गरेको छ । कम्पनीले समिक्षा अवधिमा ३ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६० करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको चुक्तापुजी २ अर्ब ५० करोड ८३ लाख रहेको छ । त्यस्तै जगेडा कोषमा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको यस प्रिमियरको प्रतिशेयर आम्दानी २८.९७ रुपैया र प्रतिशेयर नेटवर्थ २३३.४३ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ माघ २८ शुक्रवार १३:३५ मा प्रकाशित