back
NMB ad

निर्धन उत्थान लघुवित्तको नाफामा उछाल, अन्य सूचकहरुमा पनि देखियो चमक

Kumari bank ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ७६३ प्रतिशत अर्थात ८.६३ गुणाले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७१ लाख ९३ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने २.०३ प्रतिशतले वृद्धि भई १ अर्ब ६ करोड ३५ करोड २३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने ३८ करोड ५३ लाख १६ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको कम्पनीको संचालनमा मुनाफा पनि ७५९.३७ प्रतिशतले वृद्धि भई ७० करोड २० लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो मुनाफा ८ करोड १६ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडामा भने १ अर्ब ५९ करोड ९० लाख ८९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि ह्वात्तै घटाएको छ । गत वर्षको पुस मसान्तमा १५.१५ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर ३.२३ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ १९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १५:३८ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...