back
NMB ad

यस्तो छ मैलुङ खोला जलविद्युतको त्रैमासिक वित्तीय प्रगति

Kumari bank ad

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकि वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा नाफा सुधार गरेको छ । गत वर्ष ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिमा ८३ लाख ४२ हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।

उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ११ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत वर्षको पुस मसान्तको तुलनामा भने ८.०३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ५ करोड ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।

चालु आवको ६ महिनामा कम्पनीको संचालन मुनाफा भने झिनो वृद्धि अर्थात १.९०प्रतिशतले वृद्धि भई ३ करोड २ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो मुनाफा २ करोड ९७ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ३० लाख ४७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने उल्लेख गरेको छैन ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २८ पैसा रहेको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार ०७:१५ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...