back
NMB ad

२० गुणाले बढ्यो विन नेपाल लघुवित्तको नाफा, कस्तो छ वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १७ करोड ४४ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १९२९.५५ प्रतिशत अर्थात २० गुणा बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा ८५ लाख ९४ हजार रुपैयाँ कमाएको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने प्रतिशतले ४.९१ मात्रै बढी हो ।

उक्त अवधिमा कम्पनीको संचालनमा मुनाफा भने २ करोड ७५ लाख २३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीको यो मुनाफा गत वर्षको पुस मसान्तमा भने ५ लाख ३५ हजार रुपैयाँ मात्र ऋणात्मक रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ करोड ६० लाख ९५ रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ करोड १५ लाख ५९ रुपैयाँ राखेको छ ।

यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ४.१५ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने झिनो बढेर ४.८९ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाा ५८ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाा ३३ पैसा रहेको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार ०७:४१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...