back
NMB ad

नाफामा झिनो सुधार गरेको अपि पावरको विद्युत बिक्री आम्दानी भने ३० %ले वृद्धि, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले १४ करोड ३० लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ०.११ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ३०.०५ प्रतिशतले वृद्धि भई ३१ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी २४ करोड १९ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । कमपनीले जगेडा तथा कोषमा भने २३ करोड २३ लाख ९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४२ पैसा रहेको छ ।
कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशनको तयारीमा रहेको छ ।

कम्पनीले १ बराबर ०.३९३६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा कम्पनीले गत असोज २५ गते निवेदन दिएको छ ।

वि.सं.२०७८ फागुन १ आइतवार ०७:४५ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...