back
NMB ad

१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय

Kumari bank ad

एजेन्सी । १३ छात्रालाई दुव्र्यबहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सो सजाय तोकेको हो ।

धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार सुरु गरेका थिए । उनीहरुमध्ये ८ जना गर्भवती भएका थिए । उनीहरुका तर्फबाट नौ जना बालबालिका जन्मिएका थिए । कुमारी छात्राका तर्फबाट बालबालिका जन्मिएको घटनालाई लिएर इन्डोनेसियामा ठूलो हंगामा मच्चिएको थियो ।

उनीमाथि मृत्युदन्डको सजाय माग गर्दै अभियोजनकर्ताले अदालतमा उजुरी गरेका थिए । तर, मंगलबार बाङडुङ जिल्ला अदालतका न्यायाधीशहरुको एउटा बेन्चले उनलाई आजिवन काराबासको सजाय तोकेको थियो ।

विरावनलाई नपुंशक बनाउनु पर्ने अभियोजकहरुको अर्को मागलाई पनि पनि बेन्चले अस्वीकार गरेको थियो ।

पीडितहरुमध्येकी एक जनाका अभिभावकले छोरी गर्भवती भएको थाहा पाएपछि गत वर्षको मे महिनामा सो घटना सार्वजनिक भएको थियो । विरावनले सन् २०१६ देखि विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको अदालतको फैसलामा उल्लेख छ । पश्चिमी जाभाको बाङडुङ सहरमा मुस्लिम बोर्डिङ स्कुल खोलेपछि उनले दुव्र्यवहारको धन्दा सुरु गरेका थिए ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १४:१९ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...