back
NMB ad

एयरपोर्टमा नियुक्ति नै नदिई ८० प्रतिशत महिला माथि चरम श्रमशोषण

Kumari bank ad

काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र कार्यालय सहयोगी, सरसफाई, प्रशासन शाखा लगायत अन्य क्षेत्रमा काम गर्ने ८० प्रतिशत महिला श्रमिकहरुलाई नियुक्तिपत्र र प्रवेश पास विना नै चरम श्रमशोषण हुने गरेको खुल्न आएको छ । नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण अन्तर्गत ठेकेदारी प्रथामार्फत विगत २५ वर्ष देखि काम गर्दै आएका श्रमिकहरु समेत विना नियुक्ति काम गरिरहेका छन् ।

आईतबार नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) द्धारा राजधानीमा आयोजित हवाई क्षेत्रको समस्या सम्बन्धि अन्तक्रियामा सहभागी महिलाहरुले एयरपोर्टका महिला श्रमिकहरुको कहालिलाग्दो रहस्य बाहिर ल्याएका हुन् । एयरपोर्ट भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान क्षेत्र परिसरमा सरसफाई, घाँस काट्ने, प्रशासन शाखा( विभिन्न स्थानमा चिया, नास्ता, खाजा बनाउने), पार्किङ क्षेत्रमा काम गर्ने, फुलबारी, बोटविरुवाको रेखदेख र गोडमेल गर्ने, पाले पहरेदार लगायतमा काम गर्ने महिला तथा पुरुष श्रमिकहरु पनि ठेकेदारको धम्की सहँदै विगत २५ वर्षदेखि चरमश्रमशोषणमा परिरहेको खुल्न आएको हो ।

सामान्य लेखपढ भएका श्रमिकहरुको बाहुल्यता रहेको उक्त क्षेत्रका श्रमिकहरुलाई फोटोकपी कागजमा छाप लगाएर प्रवेश पासको व्यवस्था गरिएपनि अन्य कुनै पत्र वा सेवासुबिधा दिईएको छैन ।

२०४५ सालदेखि ज्यालादारी प्रथामार्फत एयरपोर्टको काममा लागेको बताउने च्यान्टीमाया तामाङ बिलौना गर्दै भन्छिन्, ʽपहिले श्रीमान् श्रीमती सँगै काम गर्दथ्यौं, सुरुमा शिसा पुछ्ने काम गरियो । तर मलाई आजसम्म कुनै सेवा सुबिधा भनेको के हो थाहा नै छैन । बोल्यो कि जागिर जाने अवस्था छ । ʼ आफ्ना कुरा बाहिर ल्याउँदा त्यहि खाईपाईआएको जागीर नै जाने हो कि भन्दै डराई डराई उनले यतिमात्र कुरा राखिन् ।

यस्तै धेरै महिला श्रमिकहरु ठेकेदारको शिकार बनेका छन् ।

मासिक तलब बुझ्न जाँदा ठेकेदारहरुले धम्काउने, महंगीअनुरुप पारिश्रमिकको व्यवस्था नभएको, पारिश्रमिक साह्रै न्यून भएको, एयरपोर्टमा वर्षाै देखि काम गरेपनि कुनै पनि प्रमाणपत्र नपाएको, ड्रेसको सुबिधा नभएको, वषैपिच्छे ठेकेदार परिवर्तन हुँदा उनीहरुले बगाएको पसिनाको उचित मूल्य एवं सेवा सुबिधा नपाएको, वर्षै भरि काम नदिने कहिले ४ महिना कहिले ५ महिना मात्र काम गर्नुपर्ने, चाडपर्व खर्च उपलब्ध नगराउने लगायत न्यूनत्तम श्रम सुबिधा पनि नपाईने गरेको श्रमिकहरुले भनाई छ ।

केहि गरि प्रवेश पास छुटेमा तेरो लालपूर्जा लेराईजो भन्दै ठेकेदारले दुव्र्यबहार गर्ने गरेको समेत महिला श्रमिकको गुनासो छ ।
कार्यक्रममा एयरपोर्टका समस्याबारे आफ्ना धारणा राख्दै जिफन्टका उपमहासचिव जनक चौधरीले सरकारको सर्तनामा र सरकारी नियम कानुनको उल्लघन गरि श्रमिक माथि शोषण गर्नेहरुलाई आफुहरुले नछाड्ने चेतावनी दिए ।Airport sharmik 1

पर्यटन क्षेत्र युनियन परिषदका सदस्य सुनिता थापाले महिलाका आवाजलाई बुलन्द पार्दै महिला माथि भईरहेको चरम श्रमशोषणको अन्त्य हाम्रो अन्तिम लक्ष्य भएको बताईन् ।

त्यस्तै यूनिट्राभका अध्यक्ष श्यामकुमार राई र महासचिव सुमन पराजुलीले एयरपोर्टमा श्रमिकलाई अँध्यारो कोठाभित्र राख्नेहरु विरुद्ध आफुहरु जाईलाग्ने र पीडित श्रमिकहरुलाई पनि दायित्व बोध गराउँदै कानुनी अधिकार एवं सेवा सुबिधा उपलब्ध गराउन लागिपर्ने बताए ।

श्रमिकहरुले दिएको जानकारीअनुसार एयरपोर्टमा माथिका उल्लेख गरिएका कार्यसँग सम्बन्धित क्षेत्रमा काम गर्ने मजदुरको संख्या करिब ३ सय को हाराहारीमा रहेको छ ।

प्रकाशित मिति ः २०७३ असार २६

वि.सं.२०७३ असार २६ आइतवार १४:१५ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...