back
NMB ad

आज यी १४ कम्पनीका लगानीकर्ता मालामाल, कतै तपाई त पर्नु भएन ?

Kumari bank ad

काठमाडौँ । आज नेपाली सेयर बजारमा लगानी गर्ने १४ कम्पनीका लगानिकर्ताले ६ प्रतिशत भन्दा बढी कमाएका छन् ।

अर्थात यी १४ कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत भन्दा बढी वृद्धि भएको हो ।

यसो त आज न्यादी हाईड्रोपावरको सेयर मूल्यका सकरात्मक सर्किट नै लागेको छ । कम्पनीको सेयर मूल्य ४४रुपैयाँ ५० पैसाले बढ्दा सर्किट लाग्न पुगेको हो । यो सँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ सय ८९.५० पैसा पुगेको हो ।

यता तेह्रथुम पावर कम्पनीको सेयरमूल्यमा पनि उछाल आएको छ । यो कम्पनीको सेयरमूल्य आज ८.७० प्रतिशत अर्थात ४८ रुपैयाँले बढेर ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै हिमालयन उर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, छ्याङ्दी हाईड्रो पावर, सिनर्जी पावर डेभलपमेन्ट र नारायणी विकास बैंकको सेयर मूल्यमा ७ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यसैगरी राधि विद्युत कम्पनी, जीवन विकास लघुवित्त, विजय लघुवित्त वित्तिय संस्था, घलेम्दी हाईड्रो, रुरु जलविद्यृुत परियोजना, नेरुडे लघुवित्ति विकास बैंक र पञ्चकन्या माई हाईड्रोको सेयर मूल्यमा ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १५:५५ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...