back
NMB ad

अब ब्लुबुक नवीकरण खल्तीबाटै गर्न सकिने

Kumari bank ad

काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो ।

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ ।

यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन् ।

खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गर्नुहोस्।
आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस् ।

साथै नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेकाहरुलाई अन्योल नहोस् भनेर स्याम्पल बिल पनि एप मै उपलब्ध गराइएको छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तिमा प्राप्त हुनेछ भने भिआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्न गर्नुपर्नेछ

वि.सं.२०७८ फागुन ४ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:००

काठमाडौँ, १५ जेठः सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न...

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी...

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५१

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४६

जनकपुर, १५ जेठः नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी...

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी...