back
NMB ad

नेष्डो समृद्धि लघुवित्तको नाफा १० करोड ७३ लाख: प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनमाम १८.८८ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १३ करोड २३ लाख ७१ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले खुद ब्याज आम्दानी पनि १९.०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्मा कम्पनीको यो आम्दानी २३ करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि १८.८८ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तमा २१ करोड १ लाख १२ लाख रुपैयाँ रहेको यो मुनाफा यस वर्षको सोही अवधिमा भने १७ करोड ४ लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि ४.०१ प्रतिशतले वृद्धि भई ६.०९ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी भने २९ रुपैयाँ ३ पैसाले घटेर १२४ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको यो आम्दानी गत वर्षको पुस मसान्तसम्ममा १५३ रुपैयाँ ८१ पैसा रहेको थियो ।

कम्पनीले आउँदो फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोष र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधरणका लागि छुट्याएको छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा फागुन १५ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आईपीओ न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १०:४० मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...