काठमाडौं । लुम्बिनी विकास बैंकले बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ ।
बैंकले गत पुस ९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
एक सूचना निकाल्दै बैंकले फागुन १ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको जानकारी गराएको छ ।
बैंकले अन्य थप जानकारीका लागि सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, काठमाडौंमा सम्पर्क राख्नका लागि अनुरोध समेत गरेको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १२:२६ मा प्रकाशित