back
NMB ad

मर्जरमा जानेलाई सुविधा दिँदै बीमक मर्जर सम्बन्धी निर्देशिका संशोधन

Kumari bank ad

काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान थप सहजिकरण तथा प्रोत्साहन गरेको छ ।

बीमक गाभ्ने रगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका संशोधन गर्दै बिमा समितिले यस्तो व्यवस्था गरेको हो ।

समितिले मर्जरमा जाने कम्पनीहरुलाई प्रोत्साहन माघ ११ गते निर्देशिकाको पहिलो संशोधन गरेको छ।
निर्देशिका अनुसार बीमकलाई गाभेको कारण गाभ्ने बीमकको शेयर संरचनामा कुनै एक व्यक्ति, समुह वा संस्थाको नाममा चुक्ता पूँजीको १५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व कायम हुन गएमा वा क्रश होल्डिङ्ग हुने भएमा त्यस्तो शेयर स्वामित्वलाई सीमा भित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान हुनेछ ।

बीमक गाभिएकै कारण गाभ्ने बीमकको संचालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर थप संञ्चालकको व्यवस्था गर्न सकिने उल्लेख छ । यस्तै गाभिदा वा प्राप्तिको कारणबाट बीमकको शाखा कार्यालय थपघट तथा मिलान गर्न पर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सकिने व्यवस्था पनि थप गरेको छ ।

मर्जर प्रकृयामा कुनै बीमकको संस्थापक शेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमक भन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लकिङ पिरियड पाँच वर्ष नपुगेतापनि उपयुक्तता जाँच गरी बिक्री गर्न स्वीकृति दिने सकिने व्यवस्था पनि थप गरेको छ ।

यसैगरी मर्जर पछिको एकिकृत रुपमा बीमांकिको प्रतिवेदन पेश गर्न थप ६ महिना प्रदान गर्ने, बीकमको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा संञ्चालकसँगको लगानी वा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आएमा सो हटाउन एक वर्षको समय प्रदान गर्ने पनि निर्देशिकामा उल्लेख छ ।

सञ्चालकहरुको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने भएतापनि गाभिएर वा प्राप्ति पश्चात पुन निर्वाचन नभएसम्मको लागि सञ्चालक पदमा बहाल रहने अवधि थप हुनेछ । गाभ्ने गाभिने कार्य समाप्त भएका बीमकहरुको अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

मर्जर सम्बन्धी सम्पुर्ण कार्य सकिए पश्चात कार्यालयको स्थापना र यन्त्रिकिकरण गर्दा भएको खर्चलाई व्यवस्थापन खर्चमा एक वर्ष वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिने निर्देशिकामा उल्लेख छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १८:३९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...