back
NMB ad

भोलि दुई कम्पनीको साधारण सभा हुँदै, लाभांश पारित लगायतका यस्ता छन् एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । भोलि अर्थात फागुन ६ गते शुक्रबार दुई कम्पनीले वार्षिक साधारण सभा गर्दै छन् ।

उक्त दिन ज्योति लाइफ र अजोड इन्स्योरेन्स कम्पनीले सभा गर्ने भएका हुन् । उक्त दिन हुने ज्योति लाईफको वार्षिक साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

यस्तै, उक्त दिन अजोड इन्स्योरेन्स कम्पनीको पनि वार्षिक साधारण सभा हुँदैछ । कम्पनीले भने लगानीकर्ता लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

तर, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ ।

यसका साथै आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

कम्पनीको सोही सभाले आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १८:३९ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...