back
NMB ad

भोलि टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार टिगोरको नेपालमा औपचारिक लन्च हुँदै

Kumari bank ad

काठमाडौं । भोलि अर्थात सोमबार टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार टिगोरको नेपालमा औपचारिक लन्च हुने भएको छ ।

नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले उक्त कार केही साताअघि नेपाल भित्रिएको थियो । टिगोर टाटा मोटर्सको नेपाल भित्रिने नेक्सपछिको दोस्रो इलेक्ट्रिक कार हो । लन्च भएपछि यसको औपचारिक बुकिङसमेत खुल्ला हुने कम्पनीले जनाएको छ ।

टिगोर इभीमा टाटाले १७२ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।  टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ । यस गाडीमा भएको ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ ।

टाटा टिगोर इभीको मूल्य नेपाली बजारमा भेरियन्ट अनुसार फरक– फरक छ । जसमा सबैभन्दा सस्तो भनिएको एक्स ई मोडेलको मूल्य २९ लाख ९९ हजार, एक्स एमको ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टिगोर इभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यो सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यो गाडी फुल चार्ज हुँदा ३०६ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले जनाएको छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेको कम्पनीले बताएको छ । गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ।

चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरु छन्, जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् । सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरु समावेश गरेको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार १८:१० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...