back
NMB ad

मिडिया अलायन्स र हाम्रो फर्माबीच सम्झौता

Kumari bank ad

काठमाडौं । हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ ।

काठमाडौं उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पायो भने सोही दिन घरसम्म आपूर्ति गरिदिनेछ । हाम्रो फर्माले मासिक रुपमा डिजिटल माध्यमबाट ग्राहकलाई नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिनलाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाण्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लू खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलव्ध गराउने भएको छ ।

यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । यसले सेवाग्राहीको घरमै गएर मधुमेयको फास्टिङ टेस्ट गर्ने र पिपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीषण गर्ने सहमति पनि जनाएको छ । यसले परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनाअनुसार इमेल, ह्वाट्सयाप वा भाइबरबाट पठाउने प्रतिवद्धता जनाएको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार १८:०६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...