back
NMB ad

महोत्तरी प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे हत्या

Kumari bank ad

महोत्तरी । लमहोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ ।
हत्यामा सग्लन भएको आरोपमा मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

५ दिन अगाडी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडी पहिचान खुल्न नसकेकी मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कसरी हत्या भयो ?

मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ बर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसग भेट भयो ।

अजय र राधाको नजिकपना बढ्दै गएपछी उनीहरुको समबन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई २ बर्ष अगाडीमात्र विवाहमा परिणत गराएका थिए ।

राधाको अजयसग दोश्रो बिवाह हो । २ बर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछी उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो ।

उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।

पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा हत्या आरोपित दोश्रो श्रीमान अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरेपनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।

अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाइ उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् ।

अजयले राधालाई घर लिएर गए । तर उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुनः जब सर्लाही नै फर्किए ।

सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन दबाब दिइन् ।

अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाइ तनाब दिन थालिन् ।
तुरुन्त अधिकार नदिलाए जवर्जस्त करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछी अजयले त्यो तनाव झेल्न नै सकेनन ।

कसरी भयो हत्याको योजना ?

अजयको अनुसार ७ महिनाको गर्भवती समेत रहेकी राधाले निक्कै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।

साथीभाई कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनवाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछी अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले हत्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही हत्या गर्ने सुझाएपछी अजय र उनका सहयोगी पनि तयार भए ।

२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछी राधा पनि निक्कै खुसी भइन् । श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए ।

उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फन्को बाँधे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा लात्ता हाने । त्यसपछी पेटमा लाताले हानेर हत्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भागे ।

अभियुक्त कसरी पक्राउ परे ?

महिलाको घाटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।

अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।

प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो ।
इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाइृ सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमान तर्फ मोडियो ।

त्यस्को ५ दिनपछी भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले हत्याको आरोपित अजय महतो र प्रमोद राउतलाइ भारतको सितामाढीबाट पक्राउ गरेको छ भने हत्यामा संलग्न एक जना अझै फरार छन् ।

मंगलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा वेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।

उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ ।

उनीहरुलाइ महिलासँगै ल्याएको भएपनि हत्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् ।

अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।

वि.सं.२०७८ फागुन ८ आइतवार १८:१८ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...