back
NMB ad

युक्रेनमाथिको रुसको आक्रमणसँगै नेपालमा खाने तेलको मुल्य बढ्न सक्ने, बार्षिक १७ अर्बको आयात

Kumari bank ad

काठमाडौं । यतिवेला विश्व युक्रेनको विषयलाई लिएर अशान्त बनीरहेको छ । रुसले बुधबारदेखि युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि विश्वको ध्यान यतिवेला युक्रेनतर्फ सोझिएको छ ।

विस्तारै चर्कदै गएको रुस र युक्रेनविचको द्धन्द्धले छिट्टै समाधान हुनेवाला छैन । किनकी युक्रेन र रसियाको विचमा अमेरिका र युरोप पनि देखिएपछि अन्य शक्तिराष्ट्रहरु पनि विभाजन हुदै गइरहेका छन् । कोरोनाले थला पारेको विश्वको अर्थतन्त्रलाई यो युद्धले पुन समस्यामा पार्न सक्ने अर्थशास्त्रीहरुले बताइरहेका छन् ।

दुरीका हिसावले धेरै टाढा भएपनि नेपालसँग युक्रेनको व्यापार रहेको छ । युक्रेन अशान्त रहदा नेपालको अर्थतन्त्रमा पनि असर पर्नेछ । युक्रेनबाट नेपालले बार्षिक १७ अर्ब रुपैयाँ बराबरको आयात गरिरहेको छ । युक्रेनबाट नेपालमा ठूलो हिस्सामा खानेतेलको आयात हुने गरेको छ ।

युक्रेनमा भएको हमलाले नेपालमा खाने तेल आयातमा समस्या हुन सक्छ जसका कारण खानेतेलको अभाव भई मुल्यबृद्धि हुन सक्छ । भन्सार विभागको तथ्याङ्अनुसार नेपालमा युक्रेनबाट चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

त्यस्तै नेपालबाट पनि युक्रेनमा निर्यात हुने गरेको छ । यो ७ महिनामा नेपालबाट युक्रेनमा १५ लाख बराबरको निर्यात भएको छ । ७ महिनाको अवधिमै युक्रेनसँग १४ अर्ब ८२ करोड १८ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

युक्रेनबाट नेपालले सबैभन्दा बढी सनफ्लावरको दाना ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको आयात गरेको छ । त्यस्तै तोरी, भटमास लगायत पनि आयत गर्ने गरेको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १५:३६ मा प्रकाशित

You can share this post!

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...