back
NMB ad

फेरि बढ्दै इन्धनको मूल्य, यस्तो छ निगमको तयारी

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा इन्धनको मूल्य पुन बढ्ने भएको छ ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य बढाएर पठाएसँग नेपाली बजारमा पुन बढाउने तयारी भएको हो ।

इन्डियन आयल कर्पाेरेसनले १५–१५ दिनमा मूल्य सूची पठाउने गरेको छ । यो पटक पनि भारतले पेट्रोलको भाउ ३.८९ रूपैयाँ, डिजेलको ३.०८ रूपैयाँ, मट्टितेलको १०.३० रूपैयाँ, हवाइ इन्धनको ३.३२ रूपैयाँ र ग्यासको ९९.१७ रूपैयाँले भाउ बढाएर पठाएको छ ।

यसअघि फागुन ७ गते प्रतिलिटर ३–३ रूपैयाँले तेलको भाउ बढेको थियो । निगमका अनुसार पुनः आज भोलि नै सोहीदरमा इन्धनको मूल्य बढ्ने छ । साथै यो पटक ग्यासको पनि मुल्य बढ्ने निगमले जनाएको छ ।

हाल कायम बिक्री मूल्यसूची र प्राप्त नया खरिद अनुसार निगमलाई पेट्रोलमा २०.५२ रूपैयाँ, डिजलमा १६.०८ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रूपैयाँ घाटा हुनेछ । मट्टितेल र हवाइ इन्धनमा नाफा भएपनि अन्य इन्धनको घाटा पूर्ति गर्न सम्भव छैन ।

यसकारण भाउ नबढाए निमगलाई आउने १५ दिनमा ३ अर्ब ९ करोड रूपैयाँ घाटा हुनेछ ।

वि.सं.२०७८ फागुन १७ मंगलवार १८:१९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...