back
NMB ad

डिजिटल नेपाल निर्माणमा टेलिकमको तीव्रता: दुर्गम गाउँमा मोवाईल सेवाले स्थानीय खुशी

Kumari bank ad

काठमाडौं । केहि समय पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न सम्न्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्दथ्यो ।

मोबाइल सेवा नहुँदा निसीखोला गाउँपालिका वडा नं १ देविस्थान स्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आईरहेका थिए ।

अहिले भने नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएपछि स्थानिय खुसी भएका छन ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त दुर्गम गाउँहरुलाई लक्षित गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

स्थानीयलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस सेवा सञ्चालनमा ल्याएको उनले बताए । मोवाईल सेवा सुचारु भएसँगै मोवाईल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भने “यसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो ।”

अब मोवाईल सेवा सञ्चालनमा आएसँगै उक्त समस्या हटेको छ । छिट्टै अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन टेलिकमले गृहकार्य गरिरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नती गर्ने टेलिकमले जनाएको छ ।

मोवाईल सेवा नहुँदा यहाँका नागरिकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकम सँग समन्वय गरेका थियौ । भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोवाईल सेवा सञ्चालन गर्न सफल भएको समाजसेवी भरत पुनले बताए ।

पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न पाउँदा आफुहरु खुसी भएको लेबाङ निवासी मनिलाल बुढा मगरले भन्नुभयो ।

मोवाईल सेवा सञ्चालन भएपछि निसीखोला गाउँपालिका वडा नं १ देविस्थानको साविक वडा नं ३ र ४ का ५ सय बढि घरधुरी लाभान्वित भएको स्थानिय श्रीप्रसाद विश्वकर्माले जानकारी दिए ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...