back
NMB ad

हिमालयन रिइन्स्योरेन्सले बल्ल सार्वजनिक गर्यो दोस्रो त्रैमासिक वित्तीय विवरण, कस्तो छ वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासको तुलनामा भने यो नाफा १६१.७२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले पहिलो त्रैमासमा ४ करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको थियो ।

पहिलो त्रैमासमा तुलनमा कम्पनीको आम्दानी १५७.७८ प्रतिशतले वृद्धि भई दोस्रो त्रैमासमा २० करोड ४३ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीले ३० करोड ५५ लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको पहिलो त्रैमासको तुलनामा भने २७८.१७ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको हो । पहिलो त्रैमासमा कम्पनीको यो शुल्क ८ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १२ करोड ८९ लाख ३५ हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीको बीमा कोषमा ४८ लाख १९ हजार, महाविपत्ति कोषमा ४ लाख ६० हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १३:१० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...