back
NMB ad

एनआरएनए निर्वाचनको मनोनयन दर्ता आज, अध्यक्षको उम्मेदवारी शुल्क १० लाख

Kumari bank ad

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ ।

संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ । उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले सोमबार बिहान अन्तिम ३५ सय ९० जनाको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ तोकिएको छ ।

सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...