back
NMB ad

सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समिति र काभ्रेमा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग

Kumari bank ad

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थीतीमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाइ हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणंको पनि उपस्थीती थियो ।

सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सि.सि.टि.भि. क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।

साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ ।

जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

वि.सं.२०७८ फागुन २४ मंगलवार १०:४८ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...