back
NMB ad

एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा: लाभांश पारित गर्ने मुख्य एजेण्डा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीको फागुन २३ गते सोमबार बसेको संचालक समितिले आउँदो चैत १७ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ६ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...