back
NMB ad

कोका–कोला नेपालले १,००० महिला व्यवसायीहरुलाई “सक्षम” तालिम प्रदान गर्ने

Kumari bank ad

काठमाडौं । कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १,००० महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ । यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “हामी विश्वास गर्छाँै कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्धेश्यले पहिला पनि “STAR” र “5by20” जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र ती कार्यक्रमहरुले वहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रो लागि खुशीको कुरा हो । र महिला सशक्तिकरण सम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १,००० महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागि महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “नेपालको ग्रामीण तथा शहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउनुहुन्छ । र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ । यो कार्यक्रम मार्फत हामीले वहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ ।”

सन् २०२० सम्म ५ मिलियन महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने महत्वाकांक्षी लक्ष्य सहित कोका–कोलाले सन् २०१० मा “छदथद्दण्” कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो । साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म “STAR”(शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो जसमा ५,८०० महिला व्यवसायीहरुलाई तालिम दिइएको थियो ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...