back
NMB ad

रुपन्देही सुपरलिग ए डिभिजन : तिरुपति क्रिकेट क्लब ६ विकेटले विजयी

Kumari bank ad

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा शुक्रबार तिरुपति क्रिकेट क्लब विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै तिरुपति क्लबले जित निकालेको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर व्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ४ ओभरमा ७८ रन बनाएको थियो । सबै विकेटको क्षतिमा टिमका लागि जगतबहादुर क्षेत्रीले सार्वधिक १५ रन, विराट भण्डारीले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङतर्फ तिरुपतिका रौनक श्रीवाीस्तवले चार, अभिषेक गौतमले तीन विकेट लिए ।

७९ रनको झिनो लक्ष्य पाएको तिरुपतिले जवाफी ब्याटिङमा १६ दशामलव ४ ओभरमा लक्ष्य पार गर्दैै जित निकाल्यो ।

चार विकेट गुमाउँदै तिरुपतिले जित निकाल्यो । जसका लागि बशिर अहमदले अविजित १८, सुशान्तसिंह थापाले १७ र अजय कौशिल्ययाले १६ रनको योग्दान गरे । बलिङतर्फ शंकरनगरमा सन्तोस खत्रीले तीन र विशालविक्रम केसीले एक विकेट लिए ।

शुक्रबारको खेलमा तिरुपतिका रौनक श्रीवास्तव म्यान अफ द म्याचबाट पुरस्कृत भए । सोमबार डिभिजन एअन्तर्गतको खेल बुद्ध क्रिकेट क्लब र बुटवल ११ बीच हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच प्रतिस्पर्धा लिग खेलाइँदै छ । लिगमा उत्कृष्ट हुने चार टि बीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्धा हुने सचिव गुरुङले बताए ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १६:०४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...