back
NMB ad

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने १४ वाणिज्य बैंक कारवाहीमा, कुन बैंकको कस्तो बदमासी ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय राष्ट्र बैंकले उक्त बैंकहरुलाई निर्देशन उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा निर्देशन उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्ने बैंकहरूमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक,सिटिजन्स बैंक, एनसीसी बैंक, मेगा बैंक, सेञ्चुरी बैंक सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक छन् ।

प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही राष्ट्र बैंकले कारबाही गरेको छ । उक्त बैंकलाई कारबाहीस्वरुप १ लाख ८० हजार ४३० रुपैयाँ जरिवाना गराएको छ । नेपाल बैंक लिमिटेडलाई इन्जिनियरिङ कम्पनीको खाता रोक्का राख्ने निर्देशकन पालना नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक,सिटिजन्स बैंक, एनसीसी बैंक, मेगा बैंक र सेञ्चुरी बैंक सनराइज बैंकलाइ संकलन हुने निक्षेप मुद्धतीको हकमा प्रकाशित ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नभएको देखिएकाले, अगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी बैंकहरूका प्रमुख अधिकृतहरूलाई सचेत गराएको छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकलाई निक्षेप बाहेकका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजरबीचको अन्तर ५ प्रतिशतभन्दा बढीले फरक पार्न पाइने छैन भन्ने व्यवस्था उल्लंघन भएको सन्दर्भमा अगामी दिनमा उललेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा त्रुटी नदोहिरने गरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

वि.सं.२०७८ चैत २ बुधवार १२:३० मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...