back
NMB ad

नेप्सेद्वारा तीन कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको छ ।

यस साता नेप्सेले नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले नेको इन्स्योरेन्सको १५ प्रतिशत बापतको बोनस सेयरको मूल्य समायोजनपछि १ हजार ४३ रुपैयाँ ४८ पैसा तोकेको छ ।

नेप्सेले अघिल्लो दिन अर्थात सोमबार कारोबार भएको अन्तिम सेयर मूल्य १ हजार २ सय रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै, बुधवार नेप्सेले एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधवार बुक क्लोज गरेसंगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ७९९ रुपैयाँ ०९ पैसा तोकेको छ । कम्पनीको बुधवार कायम अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन भएको हो ।

यस्तै, नेप्सेले गरिमा विकास बैंकको १६ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ४८१ रुपैयाँ ३ पैसा तोकेको छ । बैंकको बुधवार कायम अन्तिम कारोबार सेयर मूल्य ५५८ रुपैयाँको आधारमा समायोजन गरेको हो ।

वि.सं.२०७८ चैत ३ बिहीवार १२:३५ मा प्रकाशित

You can share this post!

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०९:५४

काठमाडौँ, १६ जेठ : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...