back
NMB ad

विज्ञहरुले भने : मौद्रिक नीति ज्यादै महत्वकाँक्षी !

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक आगामि आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । विज्ञहरुले भने यसलाई फरक फरक ढंगले लिएका छन् । कसैले यसलाई सन्तुलित रुपमा हेरेका छन् भने कसैले महत्वकाँक्षी भएको प्रतिक्रिया दिएका छन् ।

हेरौं कसले के भने ?

ब्याजदर करिडोर निर्धारण राम्रो सुरुवात

uprendra-paudel

उपेन्द्र पौडेल, अध्यक्ष, नेपाल बैंकर्स एसोसियसन

मैले पहिलेपनि भनिरहेको थिएं । तरलतालाई राम्रो सँग व्यवस्थापन गर्न सकेनौं । तरलता एकदमै स्विङ भईराखेको छ । कहिले बढि हुने, कलि तल झर्ने हुन्छ । त्यसले गर्दा बैंकहरुलाई संचालन गर्न गाह्रो भइरहेको थियो । मौद्रिक नीतिले ब्याजदर करिडोर जुन निर्धारण गरेको छ, यो राम्रो सुरुवात हो । अहिलेको अवस्थामा सि आर आर लाई कहिन कहिँ बढाउनुपर्छ भन्ने सुन्नमा आईरहेको थियो । राष्ट्र बैंकले सि आर आर लाई यथावत राख्नुपर्छ भन्ने जुन निर्णय लियो यो सकारात्मक पक्ष हो ।

अर्काे डिप्राइभ सेक्टरमा जुन लगानी भईरहेको छ, यसलाई रिभ्यू गर्छांै र त्यसपछि मात्रै डिप्राइभ सेक्टरमा लगानी विस्तार गर्ने त्यो संकेत पाईरहेको छु । लघुवित्तको लाईसेन्स यथावत राख्ने विस्तृत अध्ययन गर्ने त्यसपछि मात्रै अगाडि बढ्छौं । त्यो गर्नु जरुरी पनि थियो ।

मुद्रास्फिति साँढे ७ प्रतिशत राख्ने कुरा महत्वकाँक्षी

Rewaat Karki

डा. रेवतबहादुर कार्की, अध्यक्ष नेपाल धितोपत्र बोर्ड

सरसर्ती हेर्दाखेरी बजेटसँग तादम्य गरेर मौद्रिक नीति आएको देखिएको छ । बजेटमा मुद्रास्फिती ७.५ भनिएको छ । जुनकुरा योजना आयोगले तोकेको सिमाभन्दा बढिको बजेटको हिसाबले साँढे ७ मा मुद्रास्फिती राख्नेकुरा साह्रै गाह्रो विषय हो । राष्ट्र बैंकले पनि त्यसैलाई निरन्तरता दियो जुन ज्यादै महत्वकाँक्षी छ । त्यो सम्भवै हुँदैन ।

त्यस्तै अरु केहि कुरालाई अहिलेको हिसाबले कसिलो मौद्रिक नीति ल्याउनुपर्नेमा त्यस्तो छैन । तापनि सन्तुलित नै नै मान्नुपर्छ ।

तीन /तीन महिनामा रिभ्यु हुने कुरा सकारात्मक

Kamlesh Kumar agrawal

कमलेशकुमार अग्रवाल, महासचिव, नेपाल चेम्बर अफ कमर्स

यो एक हिसाबले सन्तुलित रुपमै आएको छ । वर्तमान आर्थिक अवस्थाले हेर्दा तुरुन्तै प्रतिक्रिया गर्नुपर्ने केहि देखिन्न । सरसर्तीरुपमा हेर्दा यसलाई राम्रै मौद्रिक नीतिको रुपमा लिएको छु ।

सबभन्दा राम्रो पाटो के भने हरेक तीन÷तीन महिनामा यसको समिक्षा हुने भएकाले यदि तीन महिनामा कुनै त्यस्तो आर्थिक परिस्थितिले आवश्यक मौद्रिक टुल्सको माग गर्यो भने ३/३ महिनामा यो रिभ्यु हुने भएकाले पनि यसलाई सन्तुलित र सकारात्मकरुपमा नै लिएका छौं ।

प्रकाशित मिति ः २०७३ असार ३०

वि.सं.२०७३ असार ३० बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...