back
NMB ad

बेनेलीको नयाँ वर्ष अफर, बाइक खरिदमा २५ हजारसम्मको छुट

Kumari bank ad

काठमाडौँ । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेन अन्तर्गत “सोझै २५,००० क्यास डिस्काउन्ट”, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना सार्वजनीक गरेको छ ।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ । ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ ।

बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय भएको कम्पनीले जनाएको छ ।

सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५० cc देखि ७५२ cc सम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध गराएको छ । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ ।

नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा – TNT15– आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस् र EFI –इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ, 180S– आक्रामक तर आरामदायी छ,TRK251– प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि यसको डिजाइन गरिएको हो, र अन्त्यमा 752S– जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ ।

बेनेलीले भर्खरै ९४ किलो तौल सहित थुप्रै सुविधाहरु रहेको एबलबचभब ज्ञद्दछ नेपालमा उपलब्ध गराएको छ । बेनेलीको सुझावमा यसका उत्पादनहरुको आफैं टेस्ट राइड गरेर परिक्षण गर्नुहोस् र यसमा रहेको फरक अनुभूति लिनुहोस् ।

नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लाििग विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको ७,००० भन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ ।

६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि. नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।

वि.सं.२०७८ चैत ८ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...