back
NMB ad

बिमितको लागि सानिमा लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति पाईन्छ ?

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुका लागि नयाँ बोनशदर घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो । कम्पनीले सावधिक जीवन बीमा योजना खरिदकर्ताले न्युनतम प्रति हजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ पाउने छन् । जसमा २५ वर्ष भन्दा धेरै अवधिको बीमालेखमा प्रतिहजार ७० रुपैयाँ पाउने छन् भने ९ वर्ष भन्दा कम अवधिकाले प्रतिहजार ३५ रुपैयाँ मात्रै पाउने छन् ।

एकल बीमा शुल्क भुक्तानी गर्न मिल्ने सावधिक जीवन बीमा योजना खरिदकर्ताले पनि न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । जसमा २५ वर्ष भन्दा धेरै अवधिको बीमालेख खरिद कर्ताले मात्रै ६५ रुपैयाँ र ९ वर्ष भन्दा कम अवधिको बीमालेखमा प्रतिहजार ३५ रुपैयाँ पाउने छन् ।

कम्पनीको त्रिपल सावधि बीमा योजना खरिद कर्ताले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म मात्रै पाउनेछन् । त्यस्तै दम्पति सावधिक बीमा योजना खरिद कर्ताले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम २० रुपैयाँ पाउने छन् ।

साविधिक तथा आजीवन बीमा योजना खरिद कर्ताले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने छन् भने अग्रिम भुक्तानी योजना खरिद कर्ताले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ पाउने भएका छन् । वार्षिक अग्रिम भुक्तानी योजनाको हकमा भने जम्मा २० र २३ रुपैयाँ पाउने छन् ।

प्रस्तुत बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

यस वर्ष सानिमा लाइले सबैभन्दा धेरै सावधिक जीवन बीमा योजना बिक्री गरेको छ । यो १५ देखि १९ वर्ष उमेर समुहका व्यक्तिहरुले मात्रै ६ हजार ३३ वटा खरिद गरेका छन् । यस समुहको बोनसदर सम्मा ४२ रुपैयाँ छ ।

वि.सं.२०७८ चैत ८ मंगलवार १२:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...