back
NMB ad

यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम रु. ५० हजार देखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको छ ।

प्रत्येक तिन बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने ब्यवस्था रहेको छ । साथै बीमालेख लिएको मितिले तिन बर्ष पुरा भए पश्चात समर्पण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पु¥याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...