back
NMB ad

छुट्ला है आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयर, नजिकियो आवेदन दिने अन्तिम मिति

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति नजिकिएको छ ।

कम्पनीले गत फागुन २२ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।

कम्पनीले ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यो कम्पनीको हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हो ।

कम्पनीको हकप्रद सेयरमा आउँदो आइतबार अर्थात चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थका लागि फागुन १ गते बुक क्लोज गरेको थियो । त्यसैले, माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १५:४९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...