काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ४१.४३ अंकले घटेको हो ।
आइतबार बजार परिसुचक २५७२.२३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन निर्जीवन बीमा समूह १३३.३५ अंकले वृद्धि भएको छ भने यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।
उक्त दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ५६ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
वि.सं.२०७८ चैत १३ आइतवार १५:१० मा प्रकाशित